Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाइएको भन्सार दरमा उल्लेख्य कटौतीको घोषणा गरेका छन् । दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको वार्तापछि ट्रम्पले चिनियाँ आयातमा १० प्रतिशत भन्सार घटाएर ४७ प्रतिशतमा झार्ने बताएका हुन् । यस कदमलाई दुई विश्व शक्तिबीचको लामो व्यापार युद्ध साम्य हुने महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।

ट्रम्पले राष्ट्रपति सीसँगको वार्तालार्इ ‘सकारात्मक’ भन्दै भन्सार दर ५७ प्रतिशतबाट १० प्रतिशत विन्दुले घटाएर ४७ प्रतिशत कायम गर्ने निर्णय भएको जानकारी दिए । “१० एक उपयुक्त नम्बर हो र सोही बिन्दुले भन्सार घटाउने निर्णय भएको छ,” ट्रम्पले दक्षिण कोरियाबाट वाशिङ्टन फर्कँदै गर्दा एयरफोर्स वानमा पत्रकारहरूसँग भने ।

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेलगत्तै चीनसँग व्यापार युद्धको थालनी गरेका थिए । त्यतिबेला उनले चीनमाथि भन्सार बढाएर १४५ प्रतिशतसम्म पुर्‍याएका थिए । चीनले पनि अमेरिकासँग नझुक्ने रणनीति अपनाउँदै भन्सार दर १२५ प्रतिशतसम्म बढाएको थियो । त्यसपछि स्विट्जरल्याण्डमा दुई देशका उच्च अधिकारीहरूबीच भएको वार्तामा भन्सार दर ११५ प्रतिशत विन्दुले घटाउने निर्णय भएको थियो ।

त्यसयता अमेरिका र चीनबीचको व्यापार सम्बन्धमा पटकपटक उतारचढाव देखिएको छ । हालै दक्षिण कोरियामा वार्ता तय भएपछि चीनले दुर्लभ खनिज निर्यातमा कडाइ गरेको थियो । त्यसको प्रत्युत्तरमा ट्रम्पले चीनमाथिको भन्सार एक सय प्रतिशत बढाएका थिए र अस्ट्रेलियासँग खनिज सम्झौतासमेत गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया