Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) बीचको एकता समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण र पुनर्गठनको सुरुवात बन्नुपर्ने बताएका छन्।

उनका अनुसार, दुई पार्टीबीचको एकता विभाजन नहुने गरी स्थायी र दिगो हुनुपर्छ। त्यसका लागि हतार नगरी संयम र धैर्यका साथ अघि बढ्नुपर्ने उनले बताएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रेष्ठले लेखेका छन्, “हतार गरेर न त समग्र एकता सम्भव हुन्छ, न सार्थक पुनर्गठनको अवस्था तयार हुन्छ। त्यसैले सचेत रहौँ र सोच–विचारपूर्वक अघि बढौँ।”

 

 

तपाईको प्रतिक्रिया