Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्ला मनाङमा हिमपातमा फसेका व्यक्तिहरूको उद्धार गरेको छ। गएरातिदेखि परेको हिउँका कारण तिलिचो बेस क्याम्पमा अलपत्र परेका ७५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ को खाङसार गाउँ ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

त्यसैगरी, अन्य ५० जनालाई तिलिचो बेस क्याम्पमै सुरक्षित रूपमा राखिएको छ। मनाङ घुम्न पुगेका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि उनीहरूलाई सुरक्षित रूपमा फर्कने व्यवस्था मिलाइएको पनि थापाले बताए। यस बीच, तिलिचो तालबाट फर्कने क्रममा उचाइका कारण बेहोस भएका काठमाडौँ महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङको टोलीले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म पुर्‍याएको छ।

सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएपछि उच्च भूभागमा हुने हिमपातजस्ता घटनामा नागरिक उद्धार कार्य सहज भएको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया