Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

टोकियो – जापानका पूर्वप्रधानमन्त्री आबे सिन्जोको तीन वर्षअघि भएको हत्या प्रकरणमा संलग्न अभियुक्त यामागामी तेत्सुयामाथि नारा जिल्ला अदालतमा मंगलबारबाट सुनुवाइ सुरु हुँदैछ ।

सन् २०२२ को जुलाईमा नारा सहरमा चुनावी भाषण दिइरहेका बेला आबेको गोली हानी हत्या भएको थियो । यस घटनामा ४५ वर्षीय यामागामी तेत्सुयालाई हत्या र हतियारको अवैध कब्जाको आरोप लगाइएको छ । सुनुवाइमा अभियुक्तले हत्याको कसुर स्वीकार गर्ने तर कम सजायको माग गर्ने अपेक्षा गरिएको छ ।

यामागामीका वकिलले जापानको तरवार र बन्दुक नियन्त्रण कानून अभियुक्तले प्रयोग गरेको भनिएको घरेलु ह्यान्डगनमा लागू नहुने दाबी गर्ने योजना बनाएका छन् । रक्षा पक्षले अभियुक्तकी आमाको ‘युनिफिकेसन चर्च’ भनिने धार्मिक समूहसँगको संलग्नताले अभियुक्तको जीवनमा प्रभाव पारेको तर्क गर्नेछ । यामागामीकी आमाले उक्त संस्थालाई ठूलो रकम चन्दा दिएकी थिइन् ।

सरकारी वकिलहरूले धार्मिक समूहको कुनै पनि सम्भावित प्रभावको गोलीकाण्डसँग सम्बन्ध नभएको तर्क गर्ने योजना बनाएका छन् । उनीहरूले घरेलु बन्दुकको मारक क्षमता प्रमाणित गर्दै यो पूर्वनियोजित जघन्य अपराध भएको पुष्टि गर्नेछन् ।

तपाईको प्रतिक्रिया