Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छठपछि काठमाडौं नाकाबन्दी गर्ने चेतावनी दिएपछि सरकार झस्किएको छ। प्रसाईंले आइतबार पत्रकार सम्मेलन नै गरेर छठलगत्तै काठमाडौंलाई नाकाबन्दी गर्ने गरी सशक्त आन्दोलन गर्ने घोषणा गरेपछि सरकार उनिसँग झस्किएको हो। सरकारले दुर्गा प्रसाईंका गतिविधि केही दिनयता नजिकबाट निगरानी गर्दै आएको छ। प्रसाईंले हालै विभिन्न राजनीतिक अभिव्यक्ति र आन्दोलनका तयारी गर्दै आएका कारण सरकारले उनीप्रति विशेष ध्यान दिएको हो।

शनिबार प्रधानमन्त्रीले बोलाएको सुरक्षा बैठकमा पनि प्रसाईंको गतिविधि आगामी निर्वाचनका लागि सम्भावित चुनौतीको रूपमा उठाइएको थियो। त्यसपछि प्रधानमन्त्रीले वार्तामार्फत समस्या समाधान गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूले प्रसाईंसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रसाईंले “अबको आन्दोलन व्यवस्थाविरुद्ध हुनेछ” भन्दै प्रशासन र प्रहरी अधिकारीहरूलाई आफ्नो माग सम्बोधन गर्न नसक्ने टिप्पणी गरेका थिए। उनले हिन्दु धर्म स्थापना गर्नुपर्ने माग दोहोर्‍याए पनि आफूले चाहेको नयाँ व्यवस्थाबारे स्पष्ट धारणा भने दिएका छैनन्।

प्रसाईंले मेचीदेखि महाकालीसम्म बन्द र नाकाबन्दी गर्ने चेतावनी दिँदै यातायात र आपूर्तिमा असर पर्न सक्ने बताएका छन्। उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई “विदेशीको प्रभावमा बनेको” आरोप लगाउँदै राष्ट्रियता र स्वाभिमानका लागि आन्दोलन गर्न लागेको दाबी गरेका छन्। सरकारी स्रोतका अनुसार प्रसाईंको गतिविधिले फागुन २१ मा हुने निर्वाचनमा असर पार्न सक्ने भएकाले सरकारले वार्ताबाट निकास खोज्ने तयारी गरेको छ। तर, उनका मागहरू पूरा गर्न कठिन हुने भएकाले सहमति सम्भावना कमजोर देखिएको र सुरक्षा चुनौती बढ्ने आकलन गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया