Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी विधिपूर्वक अर्घ्य दिइँदैछ। बिहानै स्नान गरी दिनभर निराहार व्रत बसेका वर्तालुहरू बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने परम्परा रहेको छ। सूर्य उपासना र आराधनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। यस वर्ष छठ पर्व शनिबारदेखि सुरु भएको हो।

महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफल होस् भनेर सूर्यदेवको आराधना गरेका थिए। सोही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको जनविश्वास छ। सूर्य पुराणका अनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले पहिलोपटक छठ व्रत गरेकी थिइन्। जसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। सूर्यलाई जीवन र ऊर्जाको मुख्य स्रोत मानिन्छ। सूर्यको किरणबिनाको संसार असम्भव हुने विश्वास छ। सूर्यको किरणबाट रोग उपचारसमेत हुने उल्लेख प्राचीन ग्रन्थहरूमा पाइन्छ। साम्ब पुराणअनुसार श्रीकृष्णका छोरा साम्बले सूर्य आराधनाबाट कुष्ठरोगबाट मुक्ति पाएका थिए।

विश्वास गरिन्छ कि छठ पर्वमा व्रत बस्नेले दुःख र दरिद्रताबाट मुक्ति पाउँछन्। आर्थिक अभाव भएकाहरूले समेत भिक्षा मागेर वा अरूबाट सहयोग लिएर पनि यो पर्व श्रद्धापूर्वक मनाउने गर्छन्।

 

तपाईको प्रतिक्रिया