Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको फराकिलो हार बेहोरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा मात्र १५६ रनमा समेटिएपछि नेपालले प्रतियोगिताको सुरुवात हारबाट गरेको छ ।

हारको मुख्य कारण नेपाली ब्याटिङको खराब प्रदर्शन रह्यो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । आसिफ शेखले ३७ र भीम सार्कीले २९ रनको योगदान दिए । कप्तान रोहित पौडेल (२), आरिफ शेख (२०), गुल्सन झा (३), सोमपाल कामी (११), करण केसी (२), सन्दीप लामिछाने (०) र कुशल भुर्तेल (०) रनमा आउट भएपछि नेपाली ब्याटिङ क्रम ध्वस्त भयो ।

अमेरिकी बलर हर्मित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै नेपाली ब्याटिङमाथि कहर ढाले । उनले ८.१ ओभरमा २६ रन खर्चेर ६ महत्वपूर्ण विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रनको बलियो योगफल खडा गरेको थियो । अमेरिकी ओपनर स्मित पटेलले ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, मिलिन्द कुमारले अविजित ७० रन जोड्दै टोलीलाई विशाल स्कोरतर्फ डोर्याए ।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारेका थिए ।

तपाईको प्रतिक्रिया