Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले गृहमन्त्री ओमप्रकाश अर्यालले छालाको जुत्ता लगाएर पशुपतिनाथको मूल मन्दिरभित्र प्रवेश नगरेको जनाएको छ।

कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीका अनुसार, कात्तिक ५ गते गृहमन्त्री अर्यालले परिवारसहित पशुपति क्षेत्रको निजी भ्रमण गर्दै विभिन्न मन्दिरमा दर्शन गरेका थिए। उनले निषेधित क्षेत्रभित्र जुत्ता लगाएर प्रवेश नगरेको पुष्टि भएको कोषले स्पष्ट पारेको छ। जोशीका अनुसार, मूल मन्दिरभन्दा बाहिर नै रहेको नैऋत्य कोणको ढोकाअघि खिचिएको तस्बिर सामाजिक सञ्जालमा गलत रूपमा प्रचार गरिएको हो। सो ढोका विसं २०५९ मा वसन्त चौधरी कोषका सदस्य–सचिव रहँदा निर्माण गरिएको थियो।

कोषका अनुसार, आर्यघाट हुँदै गुह्येश्वरी मन्दिर जाने बाटोको पेटीमा गृहमन्त्री अर्याल, उनको परिवार, सदस्य–सचिव र एक जना पण्डितसहितको तस्बिर खिचिएको थियो। बुधबार उनले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ र गुह्येश्वरी मन्दिरमा दर्शन गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया