Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जेनजी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको उपस्थिति न्यून देखिए पनि तिहारमा भने प्रहरी सक्रिय देखिएको छ। प्रहरीको समयमै निगरानी र उपस्थितिका कारण चाडपर्वमा ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तिहारको दिन काठमाडौँ उपत्यकामा सामान्य प्रकृतिका १६ वटा दुईपाङ्ग्रे सवारी दुर्घटना मात्र भएका थिए। “ट्राफिक प्रहरी प्रमुखसहितको टोली तिहारको दिन सडकमा खटिएको थियो, जसका कारण मानवीय क्षति हुन पाएन,” सुवेदीले बताए।

उनका अनुसार उपत्यकामा १९९ जना चालक मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको अभियोगमा पक्राउ परेका छन्। ती दुर्घटनामा १५ जना सामान्य घाइते भएका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले तिहारमा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको बताए। “लापरबाहीपूर्वक सवारी चलाउनेमाथि सिसी क्यामराबाट निगरानी बढाइएको थियो,” उनले भने।

अधिकारीका अनुसार भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलंकी र चाबहिलजस्ता व्यस्त स्थानहरूमा प्रहरी निरन्तर खटिएका थिए। उनले भने, “भाइटीका भन्दा ठूलो हाम्रो कर्तव्य हो — सडकमा खटिनु नै हाम्रो तिहार हो।”

 

 

तपाईको प्रतिक्रिया