समाचार सुन्नुहोस :
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै राजनीतिक दलमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।
मन्त्री घिसिङले हाल आफूलाई ‘उज्यालो नेपाल पार्टी’ सँग जोडेर, सो पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने विषयमा सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले यस्ता समाचारहरू तथ्यविहीन र भ्रम फैलाउने उद्देश्यले प्रकाशित गरिएको भन्दै जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्।
‘सूचना/समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु’, उनले भनेका छन्, ‘मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।’








