Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कात्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको पाँचौँ दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ। आजको दिनलाई ‘गाई तिहार’ पनि भनिन्छ। वैदिक सनातन धर्मअनुसार गाईलाई पवित्र जनावर मानिन्छ। गाईले दिने दूध पौष्टिक र आमाको दूधजस्तै गुणकारी हुने भएकाले गाईलाई ‘गौमाता’का रूपमा सम्मान गरिन्छ।

धार्मिक विश्वासअनुसार गाईमा रहेको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गोबर र गहुँतका माध्यमबाट मानिसमा शक्ति र शुद्धता प्रदान गर्छ। आधुनिक विज्ञानले पनि गाईका यी तत्वहरू उपयोगी भएको पुष्टि गरेको छ। गाईको पूजा गरी मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं रहने विश्वास गरिएको छ। नेपालका केही स्थानमा कात्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा भए पनि धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार औँसी सकिएर प्रतिपदा सुरु भएपछि गाई पूजा गर्नुपर्ने शास्त्रीय परम्परा हो।

वैदिक विधिअनुसार हरेक धार्मिक कर्ममा गाईदानको व्यवस्था रहेको छ। अहिले गाईको अभावमा प्रतीकका रूपमा पैसा राखेर ‘गाईदान’ गर्ने प्रचलन बढेको छ। गाईलाई राष्ट्रिय जनावरका रूपमा सम्मान गरिन्छ। धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन आजको दिन गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले आत्मालाई वैतरणी नदी पार गराई स्वर्ग पुर्‍याउँछ भन्ने मान्यता छ।

 

तपाईको प्रतिक्रिया