Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनका घाइतेहरूसँग बालुवाटारमा लामो छलफल गरेकी छन्। आज बिहान साढे १० बजे सुरु भएको छलफल साढे २ बजे सकिएको हो। रुपिन खड्काको नेतृत्वमा १८ जना घाइतेहरूको टोलीले प्रधानमन्त्रीसँग भेट गरी भ्रष्टाचार र आन्दोलनका दमनकारीविरुद्ध कडा कारबाही गर्न माग गरेका थिए। उनीहरूले भ्रष्टाचारीमाथि कारबाही नभए पुनः सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका थिए।

प्रधानमन्त्री कार्कीले आन्दोलनको मर्मअनुसार अघि बढ्ने र कानुनी प्रक्रियाबाट बाहिर नजाने प्रतिबद्धता जनाइन्। उनले जनादेशअनुसार सरकार सञ्चालन भइरहेको बताउँदै तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने स्पष्ट पारिन्। कार्कीले राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचार छानबिन गरिरहेको जानकारी दिँदै अनुसन्धान पनि परिणाममुखी हुने बताइन्।

छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि अघिल्लो सरकार र प्रतिनिधिसभा विस्थापित भए पनि पुरानै संरचना रहँदा काम गर्न केही कठिनाइ भएको बताए। त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारेको छानबिनको प्रगतिबारे घाइतेहरूलाई जानकारी गराएका थिए।

 

तपाईको प्रतिक्रिया