Deneme Bonusu Veren Siteler
सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारको छानबिन अघि बढेपछि केही नेताहरू अनावश्यक कुरा बोल्न थालेको टिप्पणी गरेकी छन्। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका घाइतेहरूले भ्रष्टाचार र आन्दोलन दमनमा संलग्न व्यक्तिमाथि कारबाही गर्न दबाब दिएपछि उनले यस्तो भनाइ दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै, “छानबिन सुरु भएपछि अहिले के–के बोल्दै हिँड्न थालेका छन्,” भनेर टिप्पणी गरिन्। उनले आन्दोलनका दमनकर्ता र भ्रष्टाचारमा संलग्न दुवै पक्षमाथि गम्भीर रूपमा छानबिन भइरहेको बताइन्। मंगलबार बालुवाटारमा झण्डै चार घण्टा चलेको छलफलका क्रममा उनले भनिन्, “हामी जेन–जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं। कानुनी प्रक्रियाअनुसार काम गर्छौं। चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ।”

कार्कीका अनुसार, राज्यका निकायहरूले अहिले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेका छन्। उनले आन्दोलनका सहभागीहरूलाई निरन्तर आवाज उठाइरहन आग्रह गर्दै भनिन्, “हामीलाई दबाब दिन नछाड्नुस्, हामी पनि काम गरिरहेकै छौं।” प्रधानमन्त्रीले दमन र भ्रष्टाचार दुवैका मुद्दामा छिट्टै नतिजा देखिने विश्वास पनि व्यक्त गरिन्। यसअघि एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै आरोप लगाएका थिए। उनले राहदानी रोक्का गरेर सरकारले प्रतिशोध लिएको दाबी गरेका थिए र गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान दिन अस्वीकार गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया