Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनका क्रममा आगजनी भएको पेरिसडाँडास्थित पार्टी मुख्यालयको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात् उनले देशभरका कार्यकर्ताहरूको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय निर्माण गरिने घोषणा गरे ।

हालैको जेनजी आन्दोलनका क्रममा पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी भएको थियो, जसका कारण भवनमा ठूलो क्षति पुगेको छ । अध्यक्ष प्रचण्डले क्षतिको अवलोकन गर्दै पार्टी कार्यालयलाई पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अवलोकनका क्रममा प्रचण्डले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू जोगिएकोमा सन्तोष व्यक्त गरे । ती महत्वपूर्ण सामग्रीहरू जोगाउन भूमिका खेल्ने कर्मचारी र कार्यकर्ताहरूलाई उनले विशेष धन्यवाद ज्ञापन गरे ।

जेनजी आन्दोलन चर्किंदै गएपछि प्रचण्डलाई भदौ २४ गतेदेखि सेनाले सुरक्षा घेरामा राखेको थियो । सोमबार सुरक्षा ‘थ्रेट’ नरहेको ठहर भएपछि उनी सेनाको सुरक्षा घेराबाट बाहिरिएका हुन् । सुरक्षा घेराबाट बाहिरिएलगत्तै उनले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन गरी पुनर्निर्माणको घोषणा गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया