Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस :

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि जेनजीले ६ बुँदे माग प्रस्तुत गरेका छन्। तिनीहरूको माग अनुसार तत्कालै विगत तीन दशकमा लुटिएको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने हो। यसबाहेक शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चार जस्ता पाँचवटा महत्वपूर्ण संस्थामा संरचनागत सुधार र पुनर्गठन गर्नुपर्ने माग राखिएको छ।

जेनजीले वर्तमान राजनीतिक अस्थिरता व्यवस्थापन गर्न आफ्नो नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने पनि माग गरेका छन्। यो सरकार पुराना दलको प्रभावबाट स्वतन्त्र रहनुपर्नेछ। अन्तरिम सरकारले हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षा सुनिश्चित गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने जनाइएको छ। यसका लागि सेना, प्रहरी र सशस्त्र निकायलाई जनसेवामा पुनः उन्मुख गराउने योजना पनि समावेश छ।

त्यसैगरी प्रतिनिधि सभा जनताबाट विश्वास गुमाइसकेकोले तुरुन्तै विघटन गर्नुपर्ने, नयाँ पुस्ताको आकांक्षा र जनताको वास्तविक चाहना प्रतिबिम्बित गर्ने खालको संविधान पुनरावलोकन वा पूर्ण पुनर्लेखन गर्नुपर्ने र अन्तिममा स्वतन्त्र, निष्पक्ष र प्रत्यक्ष जनसहभागितामा आधारित नयाँ चुनाव गर्नुपर्ने माग पनि प्रस्तुत गरिएको छ।

तपाईको प्रतिक्रिया