समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली सेनाले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र सडकमा भेटिएका नागरिकलाई घरमै बस्न अनुरोध गरेको हो। सेनाले भनेको छ कि अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरूले परिचयपत्र देखाएर आफ्नो कार्यालय जान पाउनेछन्।
गत दुई दिनदेखि जारी जेनजी आन्दोलनका कारण जनधन र संरचनागत क्षति भएको भन्दै सेनाले काठमाडौँका विभिन्न सडकमा सुरक्षा व्यवस्था कडा पारेको छ। शान्ति–सुरक्षा कायम गर्न सुरक्षा निकाय परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।








