Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ २४, २०८३
Sunday, June 7, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सामाजिक सञ्जालसम्बन्धी अभिव्यक्तिलाई लक्षित गर्दै प्रतिक्रिया दिएका छन्। आइतबार प्रचण्डले फेसबुकमा स्ट्याटस लेख्दै सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत भएको बताएका थिए। उनले सोमबार जेन्जी पुस्ताले गर्ने भनिएको प्रदर्शन स्वाभाविक भएको भन्दै भ्रष्टाचार र सञ्जालमाथिको रोकविरुद्ध युवाहरू आक्रोशित हुनु उचित भएको टिप्पणी गरेका थिए।

यसैमा जवाफ फर्काउँदै मेयर शाहले कमेन्टमा लेखेका छन्, “एकादेशमा टिकटक पनि बन्द थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिएँ, तर काम हजुरबाट केही भएन। मलाई एक दिन समय दिएको भए म काठमाडौँका खोलानाला परिवर्तन गर्थेँ।”

प्रचण्ड नेतृत्वको सरकारले समाजमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको घटना यसअघि चर्चामा आएको थियो। बालेनको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। यो समाचार तयार पार्दासम्म उनका शब्दमा करिब ५० हजार लाइक र चार हजारभन्दा बढी कमेन्ट आएका छन्।

तपाईको प्रतिक्रिया