Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाले भारतलाई रुसबाट सस्तोमा तेल किनेर प्रशोधन गरेर महँगोमा बेच्दै ठूलो नाफा कमाइरहेको आरोप लगाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार यस्तो टिप्पणी गरेका हुन्।

उनका अनुसार, रुस–युक्रेन युद्ध सुरु भएदेखि भारतले रुसबाट तेल आयात ४० प्रतिशतभन्दा बढीले बढाएको छ भने चीनको आयात मात्र ३ प्रतिशतले बढेको छ। भारतले यो व्यापारबाट करिब १६ अर्ब डलर बराबरको अतिरिक्त नाफा कमाएको र केही धनी परिवारहरूले यसबाट प्रत्यक्ष लाभ उठाएको बेसेन्टको दाबी छ। ट्रम्प प्रशासनले पनि भारतलाई चेतावनी दिँदै रुसको तेल खरिद बन्द नगरेमा थप प्रतिबन्ध लगाउन सकिने जनाएको छ। यसै क्रममा, अगस्ट २७ देखि अमेरिकामा भित्रिने भारतीय सामानमा २५ प्रतिशत भन्सार महसुल लागू हुने निर्णय गरिएको छ।

भारतले भने अमेरिकी कदमलाई अनुचित भन्दै आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाका लागि आवश्यक सबै कदम चाल्ने स्पष्ट पारेको छ। बेसेन्टले भारतको यो व्यापारलाई “पूर्ण रूपमा अस्वीकार्य” भन्दै ट्रम्प र पुटिनबीच सहमति नभएमा भारतमाथि थप कडा कारबाही हुनसक्ने संकेत गरेका छन्।

तपाईको प्रतिक्रिया