Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इसराइलले गजामा ठूला सैन्य कारबाहीको तयारी गरिरहँदा हमासले नयाँ युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। हमासका वरिष्ठ नेता बासे नइमले कतार र इजिप्टको मध्यस्थतामा आएको प्रस्तावलाई समूहले मान्य गरेको बताएका छन्।

प्रस्तावअनुसार हमासले पहिलो चरणमा १० जीवित र १८ मृतक गरी २८ बन्धक मुक्त गर्नेछ। यसको साटोमा इसराइलले आजीवन कारावास भोगिरहेका १४०, लामो सजाय पाएका ६० र मुद्दा नचलाइएका महिला तथा नाबालिग प्यालेस्टाइनी कैदीलाई छोड्नेछ। त्यसपछि इसरायली सेना सीमामा फर्किने र गजामा मानवीय सहायता सहज हुने व्यवस्था गरिएको छ।

हमासले ६० दिनको युद्धविराम स्वीकारे पनि त्यसपछि स्थायी शान्ति हुनुपर्ने अडान राखेको छ। उसले युद्ध पुनः सुरु नगर्न अमेरिकाको ग्यारेन्टी पनि मागेको छ। इसराइलले भने आफ्नो अडान, जस्तै हमासको निशस्त्रीकरण र गजामा सुरक्षा नियन्त्रण कायम रहने, यथावत् रहेको बताएको छ।

अन्तर्राष्ट्रिय दबाबबीच इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आन्तरिक दबाबमा पनि छन्। हजारौं नागरिकले सडकमा निस्किएर बाँकी बन्धकको तत्काल रिहाइ र युद्धविरामको माग गरिरहेका छन्। युरोपेली मुलुकहरूले समेत प्यालेस्टाइनलाई मान्यता दिने घोषणा गरिसकेका छन्। तर नेतन्याहुका अति-दक्षिणपन्थी सहयोगीहरूले आंशिक सम्झौता भए सरकार छाड्ने चेतावनी दिएका कारण सहमति कार्यान्वयन अझै चुनौतीपूर्ण देखिएको छ।

तपाईको प्रतिक्रिया