समाचार सुन्नुहोस :
काठमाडौँ – केलिएन एमबाप्पेको पेनाल्टी गोलको मद्दतमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ। मंगलबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले ओसासुनालाई १–० ले पराजित गर्दै ३ अंक जोड्यो।
रियललाई जित दिलाउने गोल एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गरे। ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले सफलतापूर्वक गोलमा परिणत गरेका थिए। नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा लालिगाको पहिलो खेल खेलेको रियलले जितसँगै उत्कृष्ट सुरुवात गरेको हो।
खेलमा रियलले धेरै अवसर बनाए पनि थप गोल गर्न सकेन। अन्त्यतिर ओसासुनाका मिडफिल्डर अभेल ब्रेटोन्सले रातो कार्ड पाएर मैदान छाड्नुपरेको थियो। यस जितसँगै रियल मड्रिडले लगातार १७ सिजनदेखि लिगको पहिलो खेलमा अपराजित रहने रेकर्डलाई निरन्तरता दिएको छ।








