Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – युरोपेली राष्ट्र फिनल्यान्डको राजनीतिमा मंगलबार एक दुखद घटना भएको छ । ३० वर्षीय युवा सांसद इमेली पेल्टोनेन राजधानी हेल्सिन्कीस्थित संसद भवनभित्रै मृत अवस्थामा फेला परेका छन् ।

सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी) का प्रथम कार्यकालका सांसद पेल्टोनेन मंगलबार बिहान मृत भेटिएका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै अपराधको आशंका नरहेको जनाएको छ र यसलाई आत्महत्याको घटनाका रूपमा हेरिएको छ । यद्यपि, मृत्युको कारणबारे विस्तृत अनुसन्धान जारी छ ।

सांसद पेल्टोनेनको असामयिक निधनको खबरले देशका शीर्ष नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पेटेरी ओर्पोले यसलाई ‘अत्यन्तै दुःखद र स्तब्ध बनाउने खबर’ भन्दै दिनभरका लागि सबै राजनीतिक कार्यक्रमहरू स्थगित गरे । पेल्टोनेनको सम्मानमा एक मिनेट मौन धारण पनि गरिएको थियो ।

संसदका सभामुख जुसी हल्ला-अहोले पेल्टोनेनलाई सबै दलमाझ सम्मानित र मन पराइएका सहकर्मीको रूपमा स्मरण गरेका छन् । एसडीपी संसदीय दलकी अध्यक्ष टिट्टी टुप्पुरेनेनले भनिन्, ‘इमेलीको निधनले हामी सबैलाई गहिरो स्तब्ध बनाएको छ । उहाँ हाम्रो समुदायको एक प्रिय सदस्य हुनुहुन्थ्यो । एउटा युवा जीवन धेरै चाँडै समाप्त भयो ।’

इमेली पेल्टोनेनले निकै कलिलो उमेरमा राजनीतिमा प्रवेश गरी सफलता हासिल गरेका थिए । उनी सन् २०२३ को चुनावमा ५,७४७ मत प्राप्त गरी पहिलो पटक संसदमा निर्वाचित भएका थिए । यसअघि, उनी १८ वर्षको उमेरमा जार्भेनपा नगर परिषद्को सदस्य बनेका थिए र पछि नगर बोर्डको अध्यक्ष बन्ने सबैभन्दा कान्छा व्यक्ति बनेर इतिहास रचेका थिए । संसदमा उनले प्रशासन तथा कानुनी मामिला समितिमा रहेर काम गरेका थिए ।

पछिल्ला केही हप्तादेखि पेल्टोनेन संसदीय कामबाट टाढा थिए । गत जुन महिनामा उनले सामाजिक सञ्जालमार्फत आफू मिर्गौला सम्बन्धी गम्भीर रोग (मिनिमल चेन्ज डिजिज) बाट पीडित रहेको र उपचारका क्रममा ब्याक्टेरियाको संक्रमण पनि भएको खुलासा गरेका थिए । सोही कारण उनी बिरामी बिदामा थिए । यो घटनाले सम्पूर्ण फिनल्यान्डको राजनीतिक वृत्तलाई स्तब्ध बनाएको छ ।

तपाईको प्रतिक्रिया