Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपालको सवारी साधनको सबैभन्दा ठूलो मेला, नाडा अटो शो, आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भव्यताका साथ सुरु भएको छ । भदौ ८ गतेसम्म चल्ने यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा भविष्यको सवारी मानिएको ‘उड्ने ट्याक्सी’ रहेको छ, जसले अवलोकनकर्ताहरूको ध्यान खिचेको छ ।

एमएडब्लू वृद्धि अटोकर्पले नेपालमा पहिलो पटक भित्र्याएको यो अत्याधुनिक प्रविधिको उड्ने ट्याक्सी (E-VTOL) को औपचारिक सार्वजनिक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । चिनियाँ अटो निर्माता कम्पनी चांगान अटोसँगको सहकार्यमा एमएडब्लू वृद्धिले यो ‘इलेक्ट्रिक-भर्टिकल्ली टेक अफ एन्ड ल्यान्डिङ’ (इ-भिटिओएल) लाई प्रदर्शनीमा राखेको हो, जसले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ युगको सुरुवातको संकेत गरेको छ ।के-के छन् विशेषता ?
दुई जनाले यात्रा गर्न मिल्ने यो हवाई ट्याक्सी बिजुलीबाट चल्छ र आफैं उडान भर्न सक्षम छ ।
एक पटकको पूर्ण चार्जमा यसले ३० किलोमिटरको दुरी तय गर्न सक्छ भने यसको अधिकतम गति प्रतिघण्टा १३० किलोमिटर रहेको छ  । करिब २१ मिनेटसम्म लगातार उड्न सक्ने यो ट्याक्सीको ब्याट्री पूर्ण रूपमा चार्ज हुन दुई घण्टा लाग्छ । हेर्दा ठूलो चरा जस्तो देखिने यस ट्याक्सीका ढोकाहरू पखेटाजस्तै माथितिर खुल्छन्, जसले यसलाई थप आकर्षक बनाएको छ ।

एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाका अनुसार, उड्ने ट्याक्सी, ह्युमनोइड रोबोट र चांगानको लोकप्रिय ‘दिपल’ ब्रान्डका विद्युतीय कारहरूको प्रदर्शनले नेपालको मोबिलिटीको भविष्यलाई पुनर्परिभाषित गर्ने लक्ष्य राखेको छ । ‘नाडा अटो शो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ। यो वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु ऐतिहासिक उपलब्धि हो,’ सिकारियाले भने ।

तपाईको प्रतिक्रिया