Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले) को संस्थापन पक्षले पूर्वराष्ट्रपति विद्या भण्डारीको कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिएको छ। एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले एक सर्कुलर जारी गर्दै भण्डारीको कार्यक्रममा नजान आग्रह गरेका हुन्। उनले सामाजिक सञ्जाल र फोनमार्फत भदौ ३ गते (मंगलबार) दिउँसो १२ बजे विराटनगरस्थित एमाले जिल्ला कार्यालयमा कार्यकर्ता भेलाको कार्यक्रम रहेको प्रचार गरिएको तर त्यस्तो कार्यक्रम पार्टीका कुनै तहबाट तय नभएको स्पष्ट पारेका छन्।

बस्नेतले भनेका छन्, “जिल्ला कार्यालय वा विराटनगर महानगरमा पार्टीको कुनै औपचारिक कार्यक्रम छैन। त्यसैले यस्तो भ्रामक प्रचारप्रति नझुक्किनुहोस्।” सोमबार भण्डारी विराटनगर आइपुग्दा विगतमा जस्तै शीर्ष नेताहरू स्वागतमा पुगेनन्।

यसअघि उनका भ्रमणमा पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्रीहरू उपस्थित हुने गरेका थिए। तर यसपटक केवल प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी मात्रै उपस्थित थिए। पूर्वराष्ट्रपति भण्डारी आजै काठमाडौं फर्किँदैछिन्।

तपाईको प्रतिक्रिया