Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको प्रसिद्ध सुविधा स्टोर चेन मिनि स्टपले आफ्ना करिब १६०० स्टोरहरूमा डेली (ताजा तयार पारिएका) खाद्य वस्तुहरूको बिक्री स्थगित गरेको छ । स्टोरकै भान्सामा तयार पारिने केही खानेकुराहरूको उपभोग्य मिति (expiry date) नक्कली बनाइएको फेला परेपछि कम्पनीले यस्तो कदम चालेको हो ।

कम्पनीका अनुसार, हालसम्म कुनै पनि ग्राहकको स्वास्थ्यमा यसबाट असर परेको खबर आएको छैन । यद्यपि, सावधानी अपनाउँदै अगस्ट ९ देखि ओनिगिरी (एक प्रकारको जापानी राइस बल) र बेन्तो (तयारी खाजा बक्स) को बिक्री रोकिएको थियो भने सोमबारदेखि अन्य डेली खानेकुराहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

मिनि स्टप कम्पनीको अनुसन्धानमा केही स्टोरका कर्मचारीहरूले खानेकुरा तयार भएको १ देखि २ घण्टासम्म लेबल नलगाई उपभोग्य मिति बढाउने गरेको पाइएको थियो । त्यसैगरी, केहीले पुरानो म्याद सकिने स्टिकर हटाएर नक्कली मिति सहितको नयाँ स्टिकर टाँस्ने गरेको पनि पत्ता लागेको छ ।

यस्तो अनियमितता टोकियो, साइतामा, आइची, क्योतो, ओसाका, ह्योगो र फुकुओका प्रिफेक्चरका २३ वटा स्टोरमा देखिएको कम्पनीले जनाएको छ । यस घटनाले जापानमा खाद्य सुरक्षा र उपभोक्ता अधिकारको विषयमा फेरि एकपटक गम्भीर बहस सिर्जना गरेको छ ।

तपाईको प्रतिक्रिया