Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा जापानको नागोया शहरमा एक भव्य च्यारिटी कन्सर्टको आयोजना हुने भएको छ । परदेशी क्रस कल्चर एसोसिएसनको आयोजनामा हुन लागेको ‘च्यारिटी कन्सर्ट २०२५’मा नेपालका चर्चित कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिनेछन् ।

भोलि अगस्ट १७ तारिख (आइतबार)का दिन नागोयाको मारुनोउचीस्थित कोकुसाई सेन्टरमा कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको मुख्य उद्देश्य जापानमा रहेका नेपालीहरूलाई प्रवासमा पनि आफ्नो संस्कृति र चाडपर्वको न्यानो अनुभूति दिलाउनु, पारिवारिक वातावरणमा मनोरञ्जन प्रदान गर्नु तथा च्यारिटीका लागि सहयोग जुटाउनु रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा चर्चित गायक सुनिल सिंह ठकुरी र लोकप्रिय गायिका ज्योति मगरको विशेष प्रस्तुति रहनेछ । उनीहरूका साथै गायिका शर्मिला शाही, गायक श्याम शितल र चोटारी ग्रुपले पनि आफ्नो सांगितिक प्रस्तुतिले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन् । यसका अतिरिक्त, विमला हमालको विशेष तीज नृत्यले कार्यक्रममा थप आकर्षण थप्नेछ ।

आयोजक संस्था परदेशी क्रस कल्चर एसोसिएसनले जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पारिवारिक झझल्को मेटाउने र मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएको छ । ‘कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न यहाँहरूको सहभागिताको उल्लेखनीय भूमिका रहनेछ,’ आयोजकले भनेकाे छ, ‘कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुन सबैमा अनुरोध गर्दछौं ।’

साँझ ४:३० बजेदेखि राति ९:०० बजेसम्म चल्ने यस कार्यक्रमले जापानमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा भेला भई तीज पर्व मनाउने र आपसी सद्भाव बढाउने अवसर प्रदान गर्ने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया