Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ‘शार्क ट्याङ्क नेपाल’का सबै एपिसोड युट्युबबाट हटाइएका छन्। हिमालय टिभीबाट प्रसारित यो कार्यक्रमको हालसम्म १३ वटा एपिसोड प्रसारण भइसकेका छन्। तर युट्युबमा कुनै पनि भिडियो उपलब्ध छैन।

१८ असारबाट सुरु भएको यस कार्यक्रमको नाममा हिमालय टिभीको युट्युब च्यानलमा एक प्लेलिस्ट छ, जसमा २७ मध्ये केवल ३ भिडियो मात्र सार्वजनिक छन्। बाँकी २४ भिडियो ‘प्राइभेट’ गरिएको देखिन्छ।

हालै सार्वजनिक भएको १३औँ एपिसोड बुधबार राति ९:३० बजे युट्युबमा नभई टिकटकमा लाइभ प्रसारण गरिएको थियो। हिमालय टिभीले फेसबुकमार्फत प्राविधिक कारणले १३औँ र १४औँ एपिसोड युट्युबमा राख्न ढिलो हुने जानकारी दिएको छ।

तर, पुराना सबै भिडियो प्राइभेट गर्नुबारे कुनै पूर्वसूचना दिइएको थिएन। यसबारे शार्क ट्याङ्क नेपाल र हिमालय टिभीको तर्फबाट अहिलेसम्म आधिकारिक प्रतिक्रिया आएको छैन।

तपाईको प्रतिक्रिया