Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति आक्रामक टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओली यथार्थको धरातलबाट च्यूत भई ‘हावादारी गफ’मा रमाउँदा देश नै बर्बाद भएको गम्भीर आरोप लगाएका हुन् ।

बिहीबार संघीय संसद भवन, नयाँ बानेश्वर परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका अभिव्यक्तिहरू जनताको वास्तविक जीवनसँग मेल नखाने खालको भएको बताए । ‘गफ दिँदा जे बोले पनि हुन्छ । यथार्थ धरातलमा के छ भन्ने कुरा सबै जनतालाई थाहा छ,’ प्रचण्डले भने, ‘उहाँ (प्रधानमन्त्री) धरातल छोडेर हावादारी गफमा जानुभएको छ । त्यसले गर्दा पनि देश बर्बाद भएको छ ।’

सदनमा आफूले उठाएको त्रिभुवन विश्वविद्यालय (टि.यु.) सम्बन्धी विषयलाई प्रधानमन्त्रीले अनावश्यक मुद्दा बनाएकोतर्फ संकेत गर्दै उनले आफ्नो भनाइ सही भएको तर प्रधानमन्त्रीले त्यसलाई गलत ढंगले प्रस्तुत गरेको बताए । ‘टियु मैले हेरिरहेको छु, मैले सदनमा बोलेको कुरा ठीक छ । उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभएको छ, त्यो बेठीक छ,’ उनले थपे ।

तपाईको प्रतिक्रिया