Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानी लागुऔषध नियन्त्रण एजेन्टहरूले बुधबार अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हासिल गर्दै एकैपटकमा करिब १.०४६ टन (१०४६ किलोग्राम) गाँजा बरामद गरेका छन्  । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य लगभग ५.२ अर्ब येन (करिब ४ अर्ब ६५ करोड नेपाली रुपैयाँ) बराबर रहेको अनुमान गरिएको छ।  यो जापानको इतिहासमा एउटै कारबाहीमा बरामद गरिएको सबैभन्दा ठूलो परिमाणको अवैध लागुऔषध हो ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय अन्तर्गतको लागुऔषध नियन्त्रण विभागले यस प्रकरणमा संलग्न रहेको आरोपमा तीन जना भियतनामी नागरिकलाई पक्राउ गरेको जनाएको । उनीहरूले समुद्री कन्टेनरमा लुकाएर उक्त गाँजा तस्करी गरेको र तोचिगी प्रान्तमा रहेको एक गोदाममा भण्डारण गरी राखेको आरोप छ ।

विभागका अनुसार, पक्राउ परेका तीनै जनालाई लागुऔषध नियन्त्रण ऐन उल्लङ्घन गरेको अभियोगमा मुद्दा दायर गरिएको छ । यो घटनाले जापानमा अन्तर्राष्ट्रिय लागुऔषध तस्करहरूको सञ्जाल सक्रिय रहेको र ठूलो परिमाणमा लागुऔषध भित्र्याउने प्रयास भइरहेको संकेत गरेको छ । अधिकारीहरूले यस सञ्जालका अन्य सदस्यहरूको खोजी तथा अनुसन्धानलाई तीव्रता दिएका छन् ।

 

तपाईको प्रतिक्रिया