Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – ‘गुन्डा नाइके’ को परिचय बनाएका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई जिल्ला अदालत काठमाडौंले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । अभद्र व्यवहारको कसुरमा मुद्दा खेपिरहेका उनीसहित १९ जनालाई न्यायाधीश खिमानन्द भुसालको इजलासले बुधबार धरौटीमा छाड्न आदेश दिएको हो ।

अदालतले चक्रेसँगै पक्राउ परेका राजेश खड्कालाई पनि ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यसैगरी, गणेशबहादुर बोगटी, डिल्लीराज कँडेल र रितिक लामालाई २०-२० हजार तथा अन्य १४ जनालाई १०-१० हजार धरौटी मागिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले १५ साउनमा काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । पक्राउ परेका कुल ४७ जनामध्ये २८ जनालाई सोधपुछपछि छाडिएको थियो भने चक्रेसहित १९ जनाविरुद्ध सरकारी वकिल कार्यालयले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशलगत्तै उनीहरू धरौटी रकम बुझाएर छुट्ने प्रक्रियामा लागेका छन् ।

तपाईको प्रतिक्रिया