समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट दिएको राजीनामापत्र सभामुखलाई बुझाएका छन् ।
सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको त्रुटिपछि विवादमा परेका खतिवडाले बुधबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आफ्नो राजीनामापत्र बुझाएका हुन्।
खतिवडाले मंगलबारै संसद बैठकमा आफ्नो राजीनामाको घोषणा गरेका थिए। उनले आज मात्र औपचारिक रूपमा सभामुखलाई पत्र बुझाएर पद छाडेको पुष्टि गरेका हुन्।








