Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार अमेरिकाको अलास्कामा शिखर बैठक हुँदैछ। पुटिन १० वर्षपछि अमेरिका जान लागेका हुन्। सन् २०१५ पछि यो पहिलो पटक रुसी राष्ट्रपति अमेरिका भ्रमण गर्दैछन्।

रुसी राष्ट्रपति कार्यालयका सल्लाहकार युरी उशाकोभले ऐतिहासिक रूपमा रुससँग सम्बन्धित अलास्कालाई बैठक स्थल बनाउनु उपयुक्त भएको बताए। अलास्काका राज्य प्रमुख माइक डनलीभीले पनि राष्ट्रिय सुरक्षा, ऊर्जा स्रोत र आर्कटिक रणनीतिमा यस क्षेत्रको महत्वलाई जोड दिँदै यस्तो बैठक उपयोगी हुने बताए।

बैठकको मुख्य उद्देश्य युक्रेन संकटको दीर्घकालीन समाधान खोज्नु हुनेछ। राष्ट्रपति ट्रम्पले केही भूभाग साटासाटको सम्भावना संकेत गरेका छन् भने रुसका विदेशमन्त्रीले युद्ध अन्त्यका लागि दुवै पक्षबीच समझदारी आवश्यक रहेको बताए।

यससँगै, प्राकृतिक स्रोतले धनी अलास्का र आर्कटिक क्षेत्रमा वातावरण संरक्षण, पूर्वाधार र ऊर्जा विकासमा दुई देशबीच सहकार्यको अवसरबारे पनि छलफल हुने रुसी लगानी प्रमुख किरिल दिमित्रिएवले जनाए।

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीको सहभागिता अझै अनिश्चित छ। ट्रम्पले उनको उपस्थिति आवश्यक नभएको बताए पनि, जेलेन्स्कीले शान्ति सम्झौतामा युक्रेनको पूर्ण सहभागिता नभएसम्म कुनै पनि निर्णय मान्य नहुने बताएका छन्।

तपाईको प्रतिक्रिया