Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – इंग्लिस क्लब लिभरपुल तथा पोर्चुगल राष्ट्रिय टोलीका प्रतिभाशाली फरवार्ड डियागो जोटाको कार दुर्घटनामा निधन भएको छ । स्पेनमा भएको दुर्घटनामा उनका भाइ आन्द्रेले पनि ज्यान गुमाएका छन्, जसले खेलकुद जगत र उनका प्रशंसकहरू गहिरो शोकमा डुबेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले स्पेनिस टेलिभिजनलाई उद्धृत गर्दै जनाएअनुसार, स्पेनको जामोरा प्रान्त नजिक भएको कार दुर्घटनामा जोटा र उनका भाइ परेका थिए । मेडिकल इमर्जेन्सी युनिट (यूएमई) का अनुसार, उनीहरूलाई तत्काल मोम्बेयु हेल्थ केयरमा पुर्याइए पनि बचाउन सकिएन र चिकित्सकहरूले दुवैलाई मृत घोषित गरेका थिए ।

घटनाले जोटाको व्यक्तिगत जीवनमा भर्खरै छाएको खुशीलाई पनि एकै क्षणमा खोसेको छ । पाँच दिनअघि मात्रै आफ्नी प्रेमिका रुट कार्डोसोसँग पोर्टोमा विवाह गरेका थिए । विवाहको उत्सव नसकिँदै आइपरेको यो बज्रपातले उनको परिवार र आफन्तलाई स्तब्ध बनाएको छ ।

एक तीक्ष्ण फरवार्ड तथा विंगरका रूपमा परिचित जोटा सन् २०२० मा इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका थिए । आफ्नो गति, ड्रिब्लिङ क्षमता र गोल गर्ने कलाका कारण उनी लिभरपुलका महत्त्वपूर्ण खेलाडी बनेका थिए । त्यसअघि, उनले सन् २०१८ देखि २०२० सम्म वुल्भरह्याम्प्टन वान्डरर्स (वुल्भ्स) बाट खेल्दै प्रिमियर लिगमा आफ्नो पहिचान बनाएका थिए ।

सन् २०१९ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका जोटा छोटो समयमै क्रिस्टियानो रोनाल्डोजस्ता दिग्गज खेलाडीसँगै टोलीको नियमित र महत्त्वपूर्ण सदस्यका रूपमा स्थापित भइसकेका थिए । जोटाको अकल्पनीय र असामयिक निधनले लिभरपुल, पोर्चुगिज राष्ट्रिय टोली र विश्वभरका उनका करोडौं प्रशंसकलाई गहिरो शोकमा डुबाएको छ ।

तपाईको प्रतिक्रिया