काठमाडौं – नेपालमा औषधि उत्पादन गरी सस्तो र सर्वसुलभ मूल्यमा बेचेर जनताको स्वास्थ्य प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजभन्दा ५३ वर्ष अगाडि नेपाल औषधि लिमिटेडको स्थापना गरियो । कुनै बेला १ सय २० थरिका औषधि उत्पादन गरेर बिक्री वितरण गरिरहेको औषधि लिमिटेड ६६ सालमा बन्द हुन पुग्यो । त्यस पछाडि फेरि आवश्यक साधनस्रोतहरू जुटाएर २०७४ सालबाट औषधि लिमिटेड सञ्चालनमा छ । सरकारले झण्डै ९८ वटा औषधि निःशुल्क वितरण गर्दै आएको छ । त्यो ९८ औषधि निःशुल्क वितरण गरिनुमा लिमिटेडको भूमिका पनि महत्वपूर्ण छ । नेपाल औषधि लिमिटेड यतिबेला के गरिरहेको छ ? के कस्ता औषधि उत्पादन गरिरहेको छ ? र स्वास्थ्य क्षेत्रमा यसको योगदान कस्तो रहन्छ ? यिनै विषयको सेरोफेरोमा रहेर औषधि लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानेसँग समुद्रपारिका लागि नृप रावलले गरेको कुराकानीको सम्पादित अंश :-
अहिले नेपाल औषधि लिमिटेड के गरिरहेको छ ?
हेर्नुस्, म त्यहाँ आउँदा यो संस्था लगभग बन्द प्रायः अवस्थामा थियो । सिटामोल, जीवनजल जस्ता सीमित उत्पादन मात्रै थिए । तर, मेरो कार्यकालको यो तीन वर्षमा हामीले थुप्रै महत्वपूर्ण कामहरू गरेका छौं । पहिले २–३ वटा मात्रै उत्पादन हुँदै आएकोमा अहिले हामी नियमित रूपमा ११ प्रकारका औषधिहरू उत्पादन गरिरहेका छौं, जसमा सिटामोल, जीवनजलदेखि लिएर हेमोडायलासिस लुडसम्म छन् । यति मात्रै होइन, थप ९ वटा नयाँ औषधिहरू हाम्रो अनुसन्धान र विकासको चरणमा छन्, जसले गर्दा निकट भविष्यमै हामी २० वटा उत्पादनमा पुग्छौं । त्यसैले, छोटकरीमा भन्नुपर्दा, नेपाल औषधि लिमिटेड अहिले बन्द हुने अवस्थाबाट माथि उठेर उत्पादन बढाउँदै, नाफामा चल्दैछ । अन्तर्राष्ट्रिय गुणस्तरको मान्यतासहित अब नधर्मराउने गरी उकालो लाग्दो ग्राफमा छ ।
नेपालमा फार्मास्युटिकल्सको क्षेत्र एकदम व्यापक भएको छ । नेपाल औषधि उत्पादनमा आत्मनिर्भर बन्नसक्छ, अहिलेको अवस्था के हो ?
लाइसेन्सिएटेड म्यानुयाक्चरिङ कम्पनीहरूको संख्या १०० भन्दा बढी छ । त्योमध्ये ६५ वटा चाहिँ उद्योगहरूलाई डब्लुएचओ जीएमपी गाइडलाइन्स भित्रको भनेर सर्टिफिकेसन मिलिसकेको छ । अनि हाम्रो झन्डै–झन्डै नि ९ हजार करोडको हाम्रो फार्मास्युटिकल सेक्टरको बिजनेस र व्यापारको पोर्टफोलियो हो । त्यो ९ हजार करोडमध्ये अहिले करिब–करिब ४५ प्रतिशतको हाराहारीमा हाम्रो स्वदेशी उत्पादन छ । त्यसपछि ५५ प्रतिशतको हाराहारी चाहिँ हाम्रो इम्पोर्ट छ । त्योमध्ये पनि करिब ९० प्रतिशत इम्पोर्ट हाम्रो भारतबाटै छ । पुरै आत्मनिर्भर भएन तर त्यतातिर बढिरहेको छौं, उन्मुख छौं ।
प्राइभेट सेक्टरबाट खुलेका फार्मास्युटिकल्सले सबै औषधि उत्पादन गरेर वितरण गर्न सक्ने, तर ५३ वर्ष अगाडिको संस्थाले किन सकेन, के रहेछ कारण ?
अब भइदियो के भन्नुहुन्छ भने सन् १९९७–९८ तिरबाट डब्लुएचओ जीएमपी गाइडलाइन्सले स्ट्यान्डर्डाइज र अपग्रेडेसन गर्ने, क्यापासिटी बढाउने जुन ग्लोबल कन्टेक्स्ट आयो । गभर्मेन्टको त्यतिखेर एप्रोच पुगेन, सोच पनि पुगेन । शतप्रतिशत गभर्मेन्टको स्वामित्व भएको औषधि उद्योग चलाउनुपर्छ है भन्ने, त्यो खालको परिस्थिति बनेन, वातावरण पनि बनेन । तर अहिले लय समातेको छ । एउटा त रेञ्ज नै बढ्यो । दोस्रो, यो रेञ्ज बढाउँदाखेरि आन्तरिक स्रोत र अनि सञ्चालन गर्दा मुनाफामा छ । अपरेसनल प्रफिट जुन भन्छौं नि हामी । अनि तेस्रो चाहिँ नेपाल औषधि लिमिटेड लाइन मिनिस्ट्रीको हिसाबले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयभित्र हो । तर यसले गर्ने नेचर अफ वर्क, जुन उत्पादन गर्छ नि, त्यो चाहिँ स्वास्थ्य मन्त्रालयको प्रोडक्ट भयो । अनि स्वास्थ्य मन्त्रालयसँग एमओयू गरेर पोलिसीमै नेपाल औषधि लिमिटेडले उत्पादन गरेका उत्पादनहरूलाई एमओयू गरेर पोलिसी वाइज नै स्वास्थ्य मन्त्रालयभित्र प्रादेशिक, क्षेत्रीय, स्थानीय, सबै अस्पतालले उपयोग मोडेल छ । अनि चौथो र अनि ऐतिहासिक र रिमार्केबल भनेको के हो भने ५२ वर्षको इतिहासमा नेपाल औषधि लिमिटेडले डब्लुएचओ जीएमपी गाइडलाइन्सको सर्टिफिकेसन पायो ।
भनेपछि अब विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड मेन्टेन गर्न औषधि लिमिटेड सफल भयो ?
सफल भयो । त्यसको इन्फ्रास्ट्रक्चर, मेसिनरी, लो चार्ट, एयर कन्डिसनिङ, भेन्टिलेसन, मेनपावर, इत्यादि–इत्यादि । कैयौं छन् त्यसमा । त्यो सर्टिफिकेट नेपाल औषधि लिमिटेडले अहिले पायो । अब यसको दायरा नि फराकिलो भयो । किनभने हाम्रा स्वास्थ्य केन्द्रहरूले र अनि प्रादेशिक खरिदका निकायका संस्थाहरूले, स्वास्थ्य मन्त्रालयहरूले डब्लुएचओ जीएमपी गाइडलाइन्स भएको कम्पनीले उत्पादन गरेको उत्पादनहरू बढी क्वालिटेटिभ्ली एस्योर्ड हुने र अनि सिस्टममा हुने, स्टेबल हुने भन्ने जुन छ नि, त्यो चाहिँ मापदण्डले, त्यो सर्टिफिकेसनले यसको दायरा फराकिलो गरिदियो । अब कसैलाई पनि कन्युजन केही पनि भएन । नेपाल औषधि लिमिटेडले उत्पादन गर्ने जुन प्रोडक्टहरू छ, त्यो क्वालिटेटिभ्ली पनि एस्योर्ड भयो र अनि अन्य हिसाबकिताबले वल्ड्र हेल्थ अर्गनाइजेसनको गाइडलाइन्सको मापदण्डको हिसाबले पनि त्यो इनकम्प्लायन्स र कम्पिटिटिभ छ भन्ने भयो ।
राज्यले औषधि फ्याक्ट्री किन चलाउनुपर्यो पनि भनिन्छ नि !
तीनवटा कारणले राज्यले चाहिँ नि औषधि उद्योग चलाउनुपर्छ, यो ग्लोबल ट्रेण्ड पनि हो । वल्ड्रवाइड नै गभर्मेन्टले औषधि फ्याक्ट्री चाहिँ नि चलाएको हुन्छ । त्यसको पछाडि इम्पोर्टेन्ट कारण हुन्छ । एउटा हो इकोसिस्टम । गभर्मेन्टले एउटा एक्जम्पलको रूपमा, स्याम्पलको रूपमा चलाइदिनुपर्छ । ताकि त्यो रिलेटेड क्षेत्र के हुने भयो त ? दायरा फराकिलो हुँदै जाने भयो नि त । दोस्रो, गभर्मेन्टले चाहिँ नि गुणस्तर, गुणस्तरीयता कायम गर्न । यो गुणस्तरको कम्तीमा हुनुपर्छ भनेर उदाहरण देखाउनुपर्यो नि । तेस्रो मूल्य निर्धारण । चौथो इम्पोर्टेन्ट, क्राइसिस म्यानेजमेन्ट । जस्तै, क्राइसिस म्यानेजमेन्टमा किन जोड दिनुभयो भनेर भन्नुहोला । त्यत्रो कोभिड भयो । कोभिड भयो, डेंगु भयो । प्राइभेट सेक्टरका औषधि उद्योगहरूले पारासिटामोल बनाएर बजारमा राखेनन् । त्यतिखेर त्यही नेपाल औषधि लिमिटेडले नै सिटामोल बनायो घाटैमा र अनि गभर्मेन्टलाई सप्लाई गर्यो । यो चारवटा कारणले गर्दाखेरि गभर्मेन्टको यो सेक्टरमा उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्छु म ।
अहिले तपाईको जुन मान्यता भनिरहनुभएको छ, साँच्चिकै राम्रो छ । यो मान्यता सरकारलाई बुझाउन सफल हुनुभएको छ ?
नेपाल औषधि लिमिटेड अब चाहिँ करिब-करिब चाहिँ नि अब उकालो लाग्दो चाहिँ ग्राफमा छ । अब त्यहाँ धेरै चीज गरिरहनुपर्ने केही पनि छैन । राज्यले खाली पोलिसीमा मात्रै सुनिश्चितता गरिदिए चाहिँ पुग्ने ठाउँमा नेपाल औषधि लिमिटेड पुगिसक्यो । अब अहिले १०–११ वटा छ । आन्तरिक स्रोत र उत्पादनबाट प्रफिटमा छ । अर्को वर्ष आरएन्डडीमा भएका ९ वटा प्रोडक्टहरू एड हुन्छन् । यसले अरू चाहिँ नि रेभिन्यु थप्दै जान्छ । अझ क्याटेगोरिकल्ली अहिले मैले पछिल्लो समय चाहिँ नि स्वास्थ्य मन्त्रालय र राज्यसँग लबिङ गरिरहेको एउटा अर्को इम्पोर्टेन्ट एरिया छ । त्यो के हो भन्नुहुन्छ भने, ६४ सालबाट जीवनजल, पारासिटामोल लगायतको मूल्य पटक्कै वृद्धि भएको छैन । झण्डै १५ करोड जति सिटामोलको खपत हो नेपालमा । त्यही १५ करोड जति नै जीवनजल । सरकारले ९८ औषधि निःशुल्क वितरण गर्छ । ९८ प्रकारका औषधिहरू यही फ्यासिलिटीबाट नसकिएला । अन्यत्र सिट गरेर, याब्रिकेट गरेर फ्याक्ट्री नै बनाउनुपर्ने पनि हुनसक्छ । तर ३५–४० वटा इसेन्सियल त त्यहीँबाट बनाएर दिन सकिन्छ ।
औषधि उत्पादन थप्ने प्लानमा हुनुहुन्छ, कार्ययोजनामा कस्तो छ ?
नयाँ प्रोडक्टहरू रिसर्च एन्ड डेभलपमेन्ट गरेर स्ट्याबिलिटीमा राखेर सबै गर्नको लागि अलिकति एक्स्ट्रा फन्ड पनि चाहिँ जरुरत हुन्छ । त्यो सकिन्छ ।
अन्त्यमा, सोध्न छुटेको र यहाँले भन्नैपर्ने विषय केही छ ?
अब मेरो कार्यकाल त जम्मा अब दुई अढाई महिना मात्रै बाँकी हो । तीन वर्षलाई थपेर चार वर्ष पनि गर्न मिल्छ । अब एक वर्ष जस्तो अरू त्यहाँ टाइम भयो भने देखि स्रोतसाधनलाई जुटाउने, अरू गभर्मेन्टसँग लबिङ गर्ने, यो पाइपलाइनमा भएका आठ–नौ वटा प्रोडक्टहरू पनि फेरि ठ्याक्कै बजारमा लिएर आएर अब धर्मराउँदैन है भन्ने सम्मको लेभलमा पुर्याइदिन पाए हुन्थ्यो भन्ने हो मेरो भित्री कुरा । किनभने म जहाँ पनि गएको छु नि, म काउन्सिलमा जाँदाखेरि पनि मैले सार्क रिजनमै लाइसेन्सिङ एक्जामिनेसन फार्मेसीमा मैले सुरु गरें । त्यस्तै गरेर अब यसलाई पनि यो कहिल्यै पनि नधर्मराउने होस् भन्न म चाहन्छु । अब लेट्स सी के हुन्छ, कसो हुन्छ, भन्न सकिँदैन ।








