Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानी बेसबलका एक सर्वकालीन महान् खेलाडी, ‘पिपल्स अनर अवार्ड’ विजेता शिगेओ नागाशिमाको ८९ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको छ । योमिउरी जायन्ट्स क्लबले मंगलबार यो खबर सार्वजनिक गरेको हो ।

नागाशिमाले जापानको तीव्र आर्थिक वृद्धिको युग (१९६०-७० को दशक) मा आफ्नो खेल कौशलले राष्ट्रव्यापी ख्याति कमाएका थिए । नागाशिमा योमिउरी जायन्ट्सका प्रमुख खेलाडी थिए, जसको नेतृत्वमा टिमले सन् १९६५ देखि १९७३ सम्म लगातार नौ पटक सेन्ट्रल लिग र जापान सिरिजको उपाधि जितेको थियो । पछि उनले क्लबको व्यवस्थापकको भूमिका पनि सफलतापूर्वक निर्वाह गरे ।

खेल जगतभन्दा बाहिर पनि उनको लोकप्रियता व्यापक थियो । टिममेट सदाहारु ओसँग उनको जोडी ‘ओ-एन’ उपनामले चर्चित थियो । सन् १९७४ मा खेलाडी जीवनबाट सन्यास लिँदा उनले दिएको भाषण, ‘मेरा जायन्ट्स सधैं अमर रहनेछन्,’ जापानमा निकै लोकप्रिय छ ।

आफ्नो १७ वर्षे खेल जीवनमा उनले ६ पटक ब्याटिङ उपाधि, दुई पटक होम रन किङ र पाँच पटक आरबीआई लिडरको उपाधि जितेका थिए, साथै पाँच पटक सेन्ट्रल लिग एमभीपी बने । उनले २,१८६ खेलमा .३०५ को ब्याटिङ औसत, २,४७१ हिट र ४४४ होम रन प्रहार गरे ।

‘मिस्टर जायन्ट्स’ उपनामले चिनिने नागाशिमा आकर्षक फिल्डिङ र निर्णायक ब्याटिङका लागि प्रख्यात थिए । सन् १९५९ मा जापानी सम्राटले पहिलो पटक अवलोकन गरेको खेलमा उनको विजयी ‘सायोनारा’ होम रन अविस्मरणीय मानिन्छ । प्रशिक्षकका रूपमा पनि उनले जायन्ट्सलाई जापान सिरिज जिताए । उनको निधनले जापानी बेसबलले एक साँचो नायक गुमाएको छ ।

 

तपाईको प्रतिक्रिया