समाचार सुन्नुहोस :
काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक घटनाको अनुसन्धान पूरा गरेको घोषणा गरेको छ। यस घटनामा पत्रकार सुरेश रजक को मृत्यु भएको थियो।
आयोगकी अनुसन्धान अधिकृत मञ्जु खतिवडा ले यो घटना गम्भीर भएकाले फास्ट-ट्रयाक मा अनुसन्धान गरिएको बताइन्। उनले भनिन्, “अनुसन्धान शुक्रबार नै सकिएको छ। निष्कर्ष सार्वजनिक गर्न केही दिन लाग्न सक्छ।” आयोगले गोली प्रयोग र हतियारको विश्लेषण गर्न विशेषज्ञ समावेश गरी अनुसन्धान समिति बनाएको थियो। खतिवडाले बताइन्, “मृतक परिवार र घाइतेलाई न्याय दिलाउन राज्यलाई सुझाव सहितको रिपोर्ट प्रस्तुत गरिने छ।”
पत्रकार रजककी पत्नी सुजना रजक ले यो घटना षड्यन्त्रपूर्ण भएको आशंका जनाएकी छिन्। आयोगले निष्कर्ष र सिफारिस सार्वजनिक गरी शीघ्र न्याय सुनिश्चित गर्ने बताएको छ।