Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ ३, २०८२
Friday, May 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरी निरीक्षकले आफ्नै प्रहरी जवानमाथि गरेको कुटपिटको घटना सार्वजनिक भएपछि त्यसको छानबिनका लागि समिति गठन गरिएको छ। बुधवार नागढुंगाको सडकमा ट्राफिक इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कामाथि हातपात गरेका थिए। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि आलोचना चुलिएको थियो।

घटनाको गम्भीरताका आधारमा उपत्यका प्रहरी कार्यालयले एसपी पदम बहादुर विष्टको संयोजकत्वमा छानबिन समिति बनाएको हो। समितिमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौँका एक इन्स्पेक्टर सदस्य छन्। उक्त कुटपिट घटनापछि दुबै जना — इन्स्पेक्टर साह र जवान खड्का —लाई तत्काल जिम्मेवारीबाट हटाइएको छ। साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र खड्कालाई जिल्ला प्रहरी परिसरमा फिर्ता बोलाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

साहले जवान खड्काले ट्रक चालकसँग अवैध रूपमा रकम लिएको देखेपछि कारबाहीस्वरूप चड्कन हानेको दाबी गरेका छन्। घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कदम चालिने प्रहरीले जनाएको छ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया