Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २, २०८२
Thursday, May 15, 2025

टोकियो – जापानमा क्रियाशील थकाली सेवा समिति (थसेस) जापानले आगामी सेप्टेम्बर १४ तारिख आइतबारका दिन समर बिबिक्यू कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले विगतका वर्षहरूमा जुलाइ १४ मा आयोजना गर्दै आएको बिबिक्यू कार्यक्रम यस वर्ष विशेष कारणवश सेप्टेम्बर १४ मा सारिएको हो ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बिबिक्यू टोकियोस्थित शिनकिबा बिबिक्यू पार्कमा आयोजना गरिने भएको छ । थसेस जापानका अध्यक्ष बुद्धी गौचनका अनुसार जापानमा रहेका नेपालीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा जापानस्थित थकाली समुदाय, जापानी नागरिकहरू, तथा विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थित रहने अपेक्षा गरिएको छ । अध्यक्ष गौचनले समर बिबिक्यूलाई व्यवस्थित र आत्मीय रूपमा सम्पन्न गरिने जानकारी दिँदै जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई यसको शोभा बढाइदिन हार्दिक अनुरोध गरे ।

थकाली सेवा समितिले हरेक वर्ष आपसी एकता, संस्कृतिक सन्देश र सामाजिक समर्पणका भावनासहित बिबिक्यू कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको कार्यक्रम पनि जापानमा रहेका नेपालीहरूबीचको सम्बन्ध थप मजबुत बनाउने विश्वास आयोजक पक्षले लिएको छ ।

तपाईको प्रतिक्रिया