Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २, २०८२
Thursday, May 15, 2025

टोकियो – जापान सरकारद्वारा पहिलोपटक सार्वजनिक गरिएको एक राष्ट्रव्यापी सर्वेक्षणले देखाएको छ कि अनलाइन देखिएका गलत सूचनाप्रति नागरिकहरू उल्लेखनीय रूपमा संवेदनशील छन् ।

वर्गीकृत विज्ञापन

दाञ्चीकाे अनलाइन फारम
के तपाईले जापानमा सरकारी घर (दाञ्ची) को अनलाइन फर्म भनुभयो ? समय सीमित छ, समयमै हामीलाई सम्पर्क गर्नुहोला ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सर्वेक्षणका अनुसार, सहभागीमध्ये करिब आधा जनाले सामाजिक सञ्जालमा फैलाइएका १५ वटा झूटो सूचनामध्ये कम्तीमा एकमा विश्वास गरेका थिए । सूचना प्रविधिको तीव्र विस्तारसँगै असत्य समाचार, भ्रामक तथ्यांक र आधारहीन टिप्पणीहरू सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिँदै गएका छन् । यस्ता सूचनाहरूले जनमानसमा भ्रम सिर्जना गर्नुका साथै सामाजिक अस्थिरता निम्त्याउने खतरा बढ्दो देखिएपछि सरकारले नागरिकहरूमा मिडिया साक्षरताको स्तर उकास्न विशेष पहल गर्ने तयारी थालेको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सञ्चालन गरेको उक्त सर्वेक्षणमा सहभागी ४७ दशमलव ७ प्रतिशत उत्तरदाताहरूले कम्तीमा कुनै एक झूटो सूचनामा विश्वास गरेको बताएका छन् । यस्ता सूचनामध्ये एउटा उदाहरण हो- ‘सार्दिन वा ह्वेलहरू समुद्र किनारमा थुप्रिएर मर्ने घटना भूकम्पको संकेत हो,’ भन्ने विश्वास, जुन वैज्ञानिक प्रमाणविहीन तथा पूर्णतः भ्रामक मानिन्छ ।

अझ गम्भीर कुरा के देखियो भने, यस्ता भ्रामक सूचनाको सम्पर्कमा आएका प्रत्येक चारमध्ये एक जनाले त त्यसलाई आफ्ना परिवारजन, साथी वा सामाजिक सञ्जालमार्फत फेरि फैलाएका रहेछन् । २७ दशमलव १ प्रतिशत उत्तरदाताले यस्ता सामग्री ‘चकित पार्ने’ भनेका थिए, भने करिब २० प्रतिशतले त यसलाई ‘रुचिकर’ वा ‘अन्यको लागि उपयोगी’ समेत मानेका छन् ।

सर्वेक्षणको निष्कर्ष सार्वजनिक गर्दै आन्तरिक मामिला मन्त्री सेइइचिरो मुराकामीले भने, ‘यस अध्ययनले मिडिया साक्षरताको महत्वलाई प्रष्ट रूपमा उजागर गरेको छ ।’ उनले नागरिकहरूलाई कुनै पनि सूचना हेर्दा त्यसको स्रोत र सत्यता पुष्टि गर्ने बानी बसाल्न आग्रह गरे ।

यद्यपि, सर्वेक्षणमा सहभागी ९० प्रतिशत जनाले मिडिया र सूचना साक्षरताको आवश्यकतालाई स्वीकार गरेका थिए, तर तीमध्ये धेरैले अझैसम्म आफ्नो ज्ञान अभिवृद्धि गर्न विशेष प्रयास गरेका छैनन् । सर्वेक्षण सन् २०२५ को मार्चदेखि अप्रिल महिनासम्म अनलाइनमार्फत सम्पन्न गरिएको थियो, जसमा १५ वर्ष वा सोभन्दा माथिका २ हजार ८ सय २० जना नागरिकहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया