Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख २८, २०८२
Sunday, May 11, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार साँझ ५ बजे भारत र पाकिस्तानबीच युद्धविरामको सहमति लागू भए पनि पाकिस्तानले गोलीबारी जारी राखेको भारतले आरोप लगाएको छ। जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले युद्धविरामको बाबजुद श्रीनगरमा विस्फोट भइरहेको भन्दै सामाजिक सञ्जाल एक्समा भिडियो पोस्ट गरेका छन्। उनले लेखेका छन्, “श्रीनगरमा अझै विस्फोटको आवाज सुनिन्छ, यो कस्तो युद्धविराम हो?”

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पाकिस्तानतर्फबाट अखनूर, पुंछ, नौशेरा, आरएसपुरा, सांबा र उधमपुर जस्ता क्षेत्रमा पनि गोलीबारी भइरहेकै छ। यसैबीच, पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले चिनियाँ समकक्षी वाङ यीसँग टेलिफोन वार्ता गरेका छन्। वार्तामा वाङले पाकिस्तानको संयमता र जिम्मेवार व्यवहारको प्रशंसा गरेका थिए। साथै चीनले पाकिस्तानको सार्वभौमिकता र भौगोलिक अखण्डताको समर्थन दोहोर्याएको छ।

श्रीनगरका बासिन्दाहरूले अल जजीरालाई दिएको जानकारी अनुसार सहरभरि विस्फोटको तीव्र आवाज सुनिएको छ। पत्रकार उमर मेहराजले आकाशमा क्षेपास्त्रहरू देखिएको र विद्युत् आपूर्ति अवरुद्ध भएको बताए। बारामुल्ला र जम्मुबाट पनि विस्फोटको रिपोर्ट आएको छ। यद्यपि हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया