Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख १४, २०८२
Sunday, April 27, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अछामको साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार बिहान लागेको भीषण आगलागीले ३ करोड ८६ लाख ६५ हजार रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार आगलागीले १० वटा पसलहरू पूर्णरूपमा जलेर नष्ट भएका छन्।

आगलागीबाट प्रभावित हुने पसलहरूमा गंगा कुँवरको ‘कालभैरव एण्ड सन्स जनरल स्टोर’, प्रेम खड्काको ‘शुभेच्छा मम सेन्टर’, भीम कुँवरको ‘रोड साइड रेस्टुरेन्ट’, दीपक सुनारको ‘कालभैरव सुनचाँदी पसल’, ज्ञानेन्द्र कुँवरको ‘डाग ग्यालरी’, टीका कुँवरको ‘टीका फेन्सी एण्ड ब्युटी पार्लर’, सुरेश कुँवरको ‘शीतल नास्ता पसल’, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको ‘रिभर साइड नास्ता पसल’ र सुमन कुँवरको ‘राज्यश्वरी कृषि तथा पशुपन्छी फर्म’ रहेका छन्।

नेपाल बैंकमा जडान गरिएको साइरन बज्नासाथ स्थानीय व्यापारी र बासिन्दाहरू तुरुन्तै आगो नियन्त्रणमा जुटेका थिए। व्यापारी भीम कुँवरले साइरनको समयमै बज्नुले ठूलो क्षति हुन नपाएको बताएका छन्। प्रारम्भिक अनुसन्धानले शुभेच्छा मम सेन्टरमा विद्युत् सर्ट भएर आगलागी भएको निष्कर्ष निकालेको छ। आगो फैलिन नदिनका लागि नियन्त्रण प्रयासका क्रममा गीता कठायतको पक्की घर भत्काइएको थियो। उक्त घर भत्किएपछि आगो अन्य पसलमा फैलिनबाट रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन्।

यसअघि पनि गत चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा ठूलो आगलागी हुँदा ८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया