Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध औपचारिक रूपमा समाप्त भएको छ। अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले १६ अप्रिल २०१५ मा थापामाथि प्रतिबन्ध लगाएको थियो, जुन १५ अप्रिल २०२५ मा आएर समाप्त भएको हो।

थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले भोगेको दशक लामो यात्रा अन्त्यमा पुगेको जनाएका छन्। उनले यो समयावधिमा धेरै चुनौतीहरू आए पनि आफ्नो साथमा उभिएका परिवार, साथीभाइ, शुभेच्छुक र फुटबलप्रेमीप्रति धन्यवाद व्यक्त गरेका छन्। फिफाले थापामाथि भ्रष्टाचारसम्बन्धी अनुशासन उल्लङ्घन गरेको आरोपमा कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्धपछि थापा कुनै पनि फुटबलसम्बन्धी गतिविधिमा प्रत्यक्ष संलग्न हुन पाएका थिएनन्।

अब प्रतिबन्ध सकिएसँगै थापाले फुटबल क्षेत्रमा पुनः सक्रिय हुने संकेत दिएका छन्। उनले आफूमा अझै पनि खेलप्रति जुनून बाँकी रहेको बताउँदै, भविष्यमा नेपाली फुटबलको हितका लागि योगदान दिन सक्ने इच्छा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया