Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति असन्तोष व्यक्त गर्दै सरकारले तत्काल योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्ने सुझाव दिएका छन्। बिहीबार रुपन्देहीमा पत्रकारहरूसँग कुरा गर्दै उनले गभर्नर चयनमा दलहरूबीच नभई बिचौलियाबीच कुरा नमिलेका कारण प्रक्रिया अघि नबढेको आरोप लगाए।

प्रचण्डले बिचौलियाहरुले विभिन्न स्वार्थ समूहका पक्षमा तानातान गरिरहेको दाबी गर्दै कहिले कांग्रेस त कहिले एमालेसँग उनीहरुले साँठगाँठ गरिरहेको बताए। उनले यस्तो अभ्यासले अर्थतन्त्र झनै अस्थिर बन्ने चेतावनी दिए। बिचौलियाको प्रभावमा सरकारले इमानदार कर्मचारीलाई हटाउने र अनियमित व्यक्तिलाई नियुक्त गर्ने प्रवृत्ति बढाएको पनि आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संवेदनशील पदमा हुने नियुक्तिमा मेरिटोक्रेसी अपनाउन जोड दिए। उनले पार्टी र समाजवादी मोर्चाबाट पटक–पटक चेतावनी दिँदासमेत सरकार गम्भीर नभएको आरोप लगाए। साथै, कांग्रेसकै महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच भएको कुरा स्वीकार गरिसकेको उल्लेख गर्दै, यो समस्या गम्भीर बनेको तर्क गरे।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया