Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई मेयर बालेन शाहको निर्देशनविपरीत कार्यालयमा हाजिर गराएका वडाध्यक्षहरूले कार्यपालिका बैठक माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर गर्दै बैठकको माग गरे पनि मेयरले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार महिनामा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने भए पनि मेयरले पुस यता बैठक नबोलाएको भन्दै वडाध्यक्षहरूले आपत्ति जनाएका छन्। उनीहरूले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारबाही गर्दा कानुनी प्रक्रिया नअपनाइएको, महानगरको आर्थिक गतिविधि ठप्प पारेको र सूचना नदिई एकल निर्णय गरिएको आरोप लगाएका छन्।

वडाध्यक्षहरूले मेयरले कार्यपालिका बैठक छलेर फेसबुक स्टाटसमार्फत काम चलाएको, सचिवालयले सिसिटिभी फुटेज काटछाँट गरी वडाध्यक्षलाई बदनाम गर्न खोजेको र स्वकीय सचिवले गैरजिम्मेवार अभिव्यक्ति दिएको विषयमा पनि छलफलको माग गरेका छन्।

महानगरका प्रवक्ता नवीन मानन्धर र अन्य वडाध्यक्षहरूले मेयरको एकल निर्णय प्रवृत्ति, अहंकार र कानुनविपरीतको कामप्रति गम्भीर प्रश्न उठाउँदै बैठक आवश्यक रहेको बताएका छन्। बैठक नबोलाउँदा महानगरको समग्र कार्यसम्पादन प्रभावित भएको उनीहरूको ठहर छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया