Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालका लागि जापानी राजदूत मेएडा टोरूले वीरगन्ज महानगरपालिकामा सञ्चालित केएनपी जापान कारखानाको अवलोकन गरेका छन्। कारखानाका निर्देशक अशोककुमार वैद्य र प्रबन्धक प्रवीण जाधवले राजदूतलाई स्वागत गर्दै उद्योगको गतिविधिहरूबारे जानकारी दिए।

यो कारखाना जापान, नेपाल र भारतको संयुक्त लगानीमा सञ्चालित छ। राजदूत टोरूले यसको कार्यप्रणाली र गुणस्तरप्रति सन्तुष्टि व्यक्त गर्दै यस्ता साझेदारीले द्विपक्षीय सम्बन्ध मजबुत बनाउने बताए। उनले नेपालमा बहुराष्ट्रिय लगानी बढाउन अस्वस्थकर समस्याहरू समाधान गर्न सरकारलाई तदारुक भएर काम गर्न आग्रह गरे।

यसअघि पनि केएनपी जापानको अन्य जापानी राजदूतहरूले भ्रमण गरेका थिए। राजदूत टोरूले नेपालमा जापानी लगानी बढ्ने सम्भावना रहेको पनि बताएका छन्।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया