Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – जापानी अभिनेत्री रयोको हिरोसुएलाई ट्राफिक दुर्घटनापछि अस्पतालमा एक नर्समाथि आक्रमण गरेको आशंकामा पक्राउ गरिएको केही दिनपछि बुधबार हिरासतबाट रिहा गरिएको छ । उनको अफिसले आधिकारिक वेबसाइटमार्फत यो जानकारी दिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

४४ वर्षीया हिरोसुएलाई अभियोग नलगाई अभियोजन पक्षले रिहा गरे पनि घटनाबारे अनुसन्धान जारी रहने जनाइएको छ । हिरोसुएले अनुसन्धानमा स्वेच्छिक रूपमा सहयोग गरिरहेकी छन् । घटनासँग सम्बन्धित स्रोतका अनुसार, हिरोसुएले नर्ससँग मेलमिलाप पनि गरेकी छिन् ।

शिजुओका प्रान्त प्रहरीले गराएको परीक्षणमा हिरोसुएको शरीरमा मादक पदार्थ वा कुनै अवैध लागूपदार्थ भेटिएको थिएन । तर, उनको मानसिक अवस्था अस्थिर देखिएको र अब उपचार गरिने जानकारी उनको कार्यालयले दिएको छ ।

उनका प्रतिनिधिहरूले नर्स र अन्य प्रभावित पक्षहरूप्रति क्षमायाचना व्यक्त गर्दै, हिरोसुएले आगामी दिनमा आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको बताएका छन् । हिरोसुए अप्रिल ७ मा एक्सप्रेसवेमा भएको सवारी दुर्घटनामा सामान्य घाइते भएकी थिइन् । त्यसपछि उनलाई शिजुओकाको शिमाडा अस्पताल लगिएको थियो । अस्पतालमा, उनले घुमफिर गर्न नदिन खोजेपछि एक महिला नर्सलाई पटक-पटक लात हानेको र उनको हातमा नङले कोचेको आरोप लागेको छ।

गत बिहीबार टोकियोको सेतागायावार्डस्थित उनको घरमा प्रहरी टोलीले खतरनाक गाडी चलाएर घाइते बनाएको संभावित अभियोगको अनुसन्धानका लागि जानकारी संकलन गरेको थियो । हिरोसुएले शिन-टोमेइ एक्सप्रेसवेमा अगाडि गइरहेको ट्रकलाई पछाडिबाट ठक्कर दिएकी थिइन् । गाडीमा सवार एक पुरुष यात्रु घाइते भई उनको हड्डीमा फ्र्याक्चर भएको छ भने ट्रक चालक भने सकुशल थिए ।

हिरोसुएको वेबसाइटमा यसअघि पोस्ट गरिएको वक्तव्यमा दुर्घटनापछि उनी अत्यधिक तनावमा परेकी थिइन् र त्यसकै कारण नर्ससँगको घटना भएको उल्लेख गरिएको छ । १९९० को दशकमा चर्चामा आएकी हिरोसुएले ‘बिच बोइज’ जस्ता चर्चित टेलिभिजन धारावाहिकहरूमा अभिनय गरेकी छन् । साथै, उनले ओस्कर विजेता चलचित्र ‘Departures’ मा पनि मुख्य भूमिका निर्वाह गरेकी हुन् ।

तपाईको प्रतिक्रिया