समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल सन् २०२५ को वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट भएकी छन्। संसारभरबाट विभिन्न क्षेत्रका ४० वर्षमुनिका ११६ जना छानिँदा, दक्षिण एसियाबाट ११ जना छनोट भएका थिए। जसमा नेपालबाट उपमेयर डंगोल मात्र समावेश भएकी छन्। उनी राजनीति क्षेत्रबाट छनोट भएका १९ मध्ये एक हुन्।
डंगोलसँगै थाइल्यान्डकी प्रधानमन्त्री पाइतोङतार्न सिनावात्रा र भारतका उड्डयन मन्त्री किंजरापु राममोहन नायडू पनि राजनीति क्षेत्रबाटै छानिएका छन्। वर्ल्ड इकोनोमिक फोरम सुन्दर भविष्य भएका असाधारण व्यक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो। यो सञ्जालले असाधारण क्षमताका युवालाई विश्वस्तरीय नेतृत्वका लागि तयार पार्ने उद्देश्य राखेको छ। सुनिता डंगोलले आफू यो सम्मानित सूचीमा पर्दा गर्व लागेको प्रतिक्रिया दिँदै यसले थप जिम्मेवारी महसुस गराएको बताइन्।
‘मिस नेवा २०११’ समेत रहेकी डंगोलले रञ्जना लिपिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेलेकी थिइन्। उनीलाई सांस्कृतिक सम्पदा, युवाशक्ति सशक्तिकरण र सहरी नवप्रवर्तनमा योगदान पु-याएको भन्दै छनोट गरिएको हो।