Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार राति भोजपुरमा भएको एक ट्याक्टर दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–३ सेतीबगरमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी भोजपुर नगरपालिका–५ का वडा सदस्य, करिब ५२ वर्षीय नीरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ट्याक्टर गोबर मल बोकेर बोखिमबाट छिनामखुतर्फ जाँदै थियो। प्रदेश १–०२–००३ त ११२४ नम्बरको उक्त ट्याक्टर साँघुरो मोडमा पुग्दा नियन्त्रण गुमाई करिब ५० मिटर तल खसेको थियो।

भोजपुरका प्रहरी प्रमुख डीएसपी युवराज तिमिल्सिनाका अनुसार दुर्घटनामा परेका चालक धरान उपमहानगरपालिका–५ का ३२ वर्षीय विशाल बोहोरा र सहचालक संखुवासभाको सभापोखरी गाउँपालिका–३ का करिब ४० वर्षीय दिलबहादुर श्रेष्ठ घाइते भएका छन्। घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

 

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया