Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

टोकियो – जापानका चिरपरिचत नेपाली ब्यवसायी दिपक सुबेदीको पहलमा जापानमा शिवमन्दिर बन्ने भएको छ । नेपाली तथा विदेशी हिन्दु धर्मावलम्बीहरुको धार्मिक अनुष्ठानकारुपमा जापानमा शिवमन्दिर निर्माण गर्ने उद्देश्यले जग्गा जमिनको बन्दोबस्त भईसकेको सुबेदीले समुद्रपारिलाई बताउनुभयो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

विदेशमा भएता पनि नेपाली कला, सँस्कृति, भाषा, परम्परा चाडपर्व र आध्यात्मिक आस्थालाई अक्षुण्ण राख्नका लागि यसप्रकारका धार्मिक अनुष्ठानको धेरै पहिलेदेखि परिकल्पना गरिएको भएता पनि ढिलै भए पनि अब भने सपना साकार हुन लागेकोमा सुबेदीले खुशी ब्यक्त गर्नुभयो ।

शिवमन्दिर निर्माण प्रयोजनका लागि सुबेदीले टोकियोदेखि ३० किलोमिटर दूरीमा रहेको साइतामाकेनको निशी ओमियामा १ हजार ६ सय ५१ वर्गमीटर (करिव ५ सय च्युबो) क्षेत्रफल भएको जमिन खरिद गर्ने काम सम्पन्न भईसकेको जानकारी दिनुभयो । उहाँले उक्त जमिनमा संरचना निर्माणका लागि नक्शाङ्कनका साथै अन्य प्रक्रियागत कार्यहरु सुरु भईसकेको बताउनुभयो ।

सुबेदीका अनुसार उक्त स्थानमा शिवमन्दिर, सभा-समारोहका लागि स्टेज सहितको सभाहल, पाहुना कक्ष, पूजापाठ, बिबाह, ब्रतबन्ध लगायत सबैप्रकारका चाडपर्वजन्य धार्मिक कार्यका लागि पूजाघर लगायतका संरचनाहरु निर्माण गरिने छ । साथै उक्त स्थलमा रमणीय पार्क पनि निर्माण गर्ने योजना छ ।

अबको केही वर्षभित्र लक्षित संरचनाहरुको निर्माण कार्य सम्पन्न गर्ने गरी तैयारी थालिएको सुबेदी बताउनुहुन्छ । उक्त शिवमन्दिर निर्माण प्रयोजनका लागि जमिन खरिद गरिएको स्थान टोकियो, साइतामा, खानागावा, यामानाशी, गुन्मा, चिबा, इवाराकी लगायत कान्तो क्षेत्रकै केन्द्र भागमा पर्दछ । नजिकमा बाक्लो बस्ती नभएको शान्त र पवित्र स्थान भएकोले पूजापाठ, भजनकीर्तन तथा यज्ञादि गर्नका लागि उपयुक्त रहेको सुबेदी बताउनुहुन्छ ।

उक्त प्रयोजनका लागि एक वर्ष अगाडि पनि टोकियोमा जमिन खरिद गरिएकोमा शिवमन्दिर बनाउनका लागि छिमेकीहरुको अवरोधका कारण अलि टाढा जानुपरेको सुबेदीको भनाई छ ।

भविष्यमा हिन्दुहरुको पवित्र तिर्थस्थल हुने गरी निर्माण गर्न लागिएको महत्वाकाँक्षी प्रोजेक्टमा जापानको नेपाली समुदायको पनि सहयोग र सहकार्य रहने अपेक्षा गरिएको सुबेदीले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया