Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी दिनमा नहुने गरी सहमति जुटेको छ। संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलका क्रममा एसईई खारेज गर्ने सहमति गरिएको हो। नयाँ संरचनाअनुसार कक्षा १ देखि ८ सम्मको परीक्षा स्थानीय तहले लिनेछ भने माध्यमिक तहको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्नेछ। विद्यालय तहको अन्तिम परीक्षा अब कक्षा १२ मा हुने भएकाले कक्षा १० को परीक्षा स्कुलस्तरमै हुनेछ।

एसईईलाई प्रदेशमा हस्तान्तरण गर्ने संशोधन पनि प्रस्ताव भएपनि अन्ततः परीक्षा नै नराख्ने निर्णय उपसमितिले लिएको छ। त्यससँगै जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग पनि नराख्ने सहमति बनेको छ। शिक्षा समितिको उपसमितिमा विधेयकमाथि निरन्तर छलफल भइरहेको छ। प्रदेशहरूबाट आएका सुझाव, सांसद र विज्ञहरूको सुझावलाई समेट्दै अन्तिम प्रतिवेदन तयार पारिने तयारी छ। साथै, प्रारम्भिक बाल शिक्षा (ईसीडी) दुई वर्षको बनाउने प्रस्तावमा पनि सहमति जुटेको छ।

शिक्षकका विषयमा छलफल बाँकी रहे पनि सरकारले शिक्षकमाथि भएका पुराना सहमति र अहिलेको आन्दोलनबीच समन्वय गरेर समाधान खोज्ने प्रयास गरिरहेको उपसमितिले जनाएको छ। २० चैतदेखि शिक्षकहरूको आन्दोलन जारी छ।

 

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया