Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख १, २०८२
Monday, April 14, 2025

काठमाडौं – शुक्रबार सेन्टपिटरबर्गमा अमेरिकी दूत स्टिभ विटकोफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । करिब चार घण्टा लामो यो वार्तामा युक्रेन युद्धको व्यवस्थापनबारे गम्भीर छलफल भएको रुसी पक्षले जनाएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रुसी राष्ट्रपति पुटिनका विशेष दूत किरिल डिमिट्रिभका अनुसार, यो वर्ष मात्र विटकोफ र पुटिनबीच यो तेस्रोपटक भेटवार्ता भएको हो । उनले वार्तालाई उपलब्धिमूलक भन्दै, केही महत्वपूर्ण विषयमा सहमति बनेको जनाए । यद्यपि, उनले तत्कालै कुनै ठोस निर्णय नहुने स्पष्ट गरे ।

वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन युद्धविरामप्रति सकारात्मक देखिएको टिप्पणी गरेका छन् । यद्यपि, यसअघि शुक्रवार बिहान ट्रम्पले सामाजिक सञ्जालमा रुसप्रति आक्रोश व्यक्त गर्दै हजारौँ जनाको ज्यान गइरहेको र रुस अझै युद्धतर्फ अग्रसर भइरहेको गुनासो गरेका थिए ।

उता, युरोपेली राष्ट्रहरूले किभलाई थप सैन्य सहयोगस्वरूप २४ अर्ब अमेरिकी डलरको सहायता घोषणा गरेका छन् । युरोपका रक्षा मन्त्रीहरूले युद्ध अन्त्यको कुनै सम्भावना हाल देखिएको छैन भन्दै युक्रेनलाई निरन्तर समर्थन आवश्यक रहेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले ४ अप्रिलमा क्रिल रिहमा गरेको आक्रमणप्रति कडा आपत्ति जनाएका छन् । उनले सो आक्रमणमा ९ बालबालिकासहित १९ जना सर्वसाधारणको ज्यान गएको बताएका छन् । साथै, उनले चिनियाँ लडाकुहरू पनि रुसको पक्षमा युद्धमा सहभागी रहेको दाबी गर्दै, दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया